मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राजीव गान्धी हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

राजीव गान्धी हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

२१ मे सन् १९९१ मा तमिलनाडुमा चुनावीसभाका क्रममा आत्मघाती हमलामा परी ३१ वर्षअघि राजीव गान्धीको हत्या गरिएको थियो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न सबैलाई रिहा गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ।२१ मे सन् १९९१ मा तमिलनाडुमा चुनावीसभाका क्रममा आत्मघाती हमलामा ३१ वर्षअघि राजीव गान्धीको हत्या गरिएको थियो।

शुक्रबार त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाउँदै गान्धी हत्यामा दोषी ६ जनालाई रिहा गर्न आदेश दिएको छ। गान्धी हत्यामा संलग्न आजीवन काराबासको सजाय भोगिरहेका नलिनी र आरपी रविचन्द्रन पनि जेलमुक्त हुनेछन्। 

गत वर्षको १८ मेमा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो। बाँकी दोषीले पनि सोही आदेशलाई आधार बनाएर रिहाइका लागि अदालतमा निवेदन दिएका थिए। 

राजीव हत्या मामिलामा पेरारिवलनसमेत ७ जनालाई दोषी पाइएको थियो। टाडा अदालत र सर्वोच्च अदालतले पेरारिवलनलाई मृत्युदण्डको सजाय सुनाए पनि पछि सर्वोच्चले मृत्युदण्डको सजायलाई जन्मकैदमा झारिदिएको थियो।–एजेन्सी

प्रकाशित: Nov 11, 2022| 14:46 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।