सोमबार, भदौ २२, २०८३

गणेशमान सिंहको सङ्घर्ष समेटिएको पुस्तक सार्वजनिक

डा. मिता सिंहद्वारा लिखित The Struggle of Ganeshman Singh को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष गणेशमान सिंहको १०८‍औं जन्मजयन्तिका अवसरमा सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- डा. मिता सिंहद्वारा लिखित The Struggle of Ganeshman Singh को नेपाली अनुवाद गणेशमान सिंहको सङ्घर्ष गणेशमान सिंहको १०८‍औं जन्मजयन्तिका अवसरमा सार्वजनिक गरिएको छ।

परराष्ट्रविद् डा. जयराज आचार्य, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ र समाजसेवी तथा लेखक दुर्गा घिमिरेले बिहीबार एक समारोहबीच पुस्तक सार्वजनिक गरेका हुन्।

छोरीले लेखेको पुस्तकका कारण पुस्तकले गम्भीर तर मार्मिक पाटो उजागर गरेको बताउँदै दुर्गा घिमिरेले लोकतन्त्रका लागि योगदान दिएका नेताहरूको बारेमा युवापुस्तालाई जानकारी दिन यो पुस्तक पाठ्यक्रममा समावेश गरिनुपर्ने धारणा राखेकी थिइन्।

त्यस्तै पुस्तकमाथि बोल्दै पराराष्ट्रविद श्रेष्ठले पुस्तकले गणेशमान सिंहको सजिव चित्रण गरेको उल्लेख गर्दै पुस्तकमा प्रयोग भएका तस्बिरले पुस्तकलाई अर्कै उचाइमा पुर्‍याएको बताए। 

पुस्तकले गिरिजाप्रसाद कोइरालाको नीतिको आलोचना गरे पनि लेखकले कोइरालासँगको सन्दर्भ नछुटाइ तटस्थ भएर लेखेको पनि उनको धारणा थियो।  

अर्का वक्ता डा. जयराज आचार्यले छोरीले लेखेको पुस्तक भए पनि लेखक वष्तुनिष्ठ भएको टिप्पणी गरे।  पुस्तक कार्तिक २४ गतेबाट बजारमा उपलब्ध हुनेछ।

प्रकाशित: Nov 11, 2022| 13:36 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।