शुक्रबार, साउन ८, २०८३

वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते

वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६८ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली रहेका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

स्याङ्जा- वालिङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६८ वर्षीय  कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली रहेका छन्।

खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि बाघले झम्टिएको हो।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ। उनीहरू सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाघलाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको स्थानीयले बताए। 

बाघलाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए।

प्रकाशित: Nov 11, 2022| 12:46 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।