सोमबार, असार ८, २०८३

सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुँदै कबड्डी ४

कबड्डी ४ सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित निःशुल्क दुवै तरिकाले हेर्न पाइने।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– नेपाली चलचित्र इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी ४ को डिजिटल प्रिमियर हुँदै छ। शुक्रबारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा फिल्म डिजिटल प्रिमियर हुन लागेको हो।

National life

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एप र फिल्मको टिमले यसबारे जानकारी गराएको थियो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरी फिल्मलाई डिजिटल रिलिज गर्न लागिएको बताए। ‘नेपाली फिल्मको अबको बजार डिजिटल पनि हो। यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यावसायिक पक्ष पनि हेर्छ। आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने हुन्छ। यी दुवै कुराका लागि कबड्डी ४ सिनेमाघरमा रिलिज गर्न लागेका हौं।’

सिनेमाघरका सञ्चालकमध्येका खगेन्द्र लामिछानेले कबड्डी ४ को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे। उनले अब युट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको बताए।

उनले भने, ‘युट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो। त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन। युट्युबमा धेरै दर्शकले हेर्लान् तर पैसा एकदमै कम आउँछ। अहिले सिनेमाघर निर्मातालाई युट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ।’

Shivam cement

युट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको उनको बुझाइ छ। दसैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाइ गरेको उल्लेख गर्दै उनले दुई÷तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे।

सिनेमाघर एपका टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधि प्रयोग गरी विभिन्न डिभाइसमा पनि हेर्न सकिने जानकारी दिए। उनले सिनेमाघर एपमा उपलब्ध फिल्म नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए।

नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको चलचित्र विकास बोर्ड सदस्य राज कटुवालको भनाइ छ। कार्यक्रममा कबड्डी ४ का कलाकार बुद्धि तामाङ, विजय बराललगायत उपस्थित थिए।

प्रकाशित: Nov 11, 2022| 11:53 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।