काठमाडौं- रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राति एक घरमा भएको आगलागीमा परी ११ चौपाया जलेर मरेका छन्। आगलागीबाट चौपाया मर्नुका साथै लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।
दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो। आगलागीबाट गोठमा रहेको एउटा भैँसी, १० वटा खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको प्रहरीको भनाइ छ। आगलागीबाट घरमासमेत पूर्ण रुपमा क्षति पुगेको छ।
लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको रौतहट प्रहरीले जनाएको छ।