शुक्रबार, साउन १, २०८३

पहिरोमा परेर लमजुङमा तीन जनाको मृत्यु, तीन बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लमजुङ-  लमजुङकाे मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा आएको बाढी र पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । यस्तै श्रीचौरका विष्णुकुमारी गुरूङको पनि मृत्यु भएको छ । 

वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका लागि सदरमुकामसम्म पनि ल्याउन सकिएको थिएन । पहिरो चलेपछि घर छोडेर भाग्दाभाग्दै उनीहरू पुरिएका थिए । स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरे पनि थप उपचार पाउन नसक्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै पहिरोमा परि बेसीशहर नगरपालिका–११ स्थित हिमालयन हाइड्रोपावर रामचोकमा कार्यरत बलिराम चौधरी, लक्ष्मीप्रसाद थारू, मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेंसीका राजु लामा बेपत्ता भएका छन् । मस्र्याङ्दी–४ रामबजारमा जितबहादुर गुरुङ र दमै गुरुङको घर रामबजार खोलामा आएको बाढीले बगाएको हो । 

यस्तै बाढीले एउटा ट्रयाक्टर र एउटा मोटरसाइकल समेत बगाएको छ भने बाढीको कारण १५ घर जोखिममा रहेको प्रहरीले जनाएको छ । पशुपंछी र चौपाय पनि खोलाको बाढीले बगाएको स्थानीयबासीले बताएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।