सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुला रूपमा आगो बाल्न र फोहर जलाउन काठमाडौं महानगरको रोक

खुला रूपमा आगो बाल्न र फोहर जलाउन काठमाडौं महानगरको रोक

काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्न रोक लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्न रोक लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। 

National life

खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। केही दिनयता काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ। आज बुटवलमा हावाको गुणस्तर सबैभन्दा खराब छ।

बिहान साढे ७ बजे बुटवलको एक्यूआई १ सय ५६, दाङ तुलसीपुरको १ सय ५४, भक्तपुरको १ सय ५२ रहेको छ। त्यस्तै काठमाण्डौको १ सय २८ छ। ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ। त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ। नेपालमा कात्तिक/मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ।

प्रकाशित: Nov 11, 2022| 08:35 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।