सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, चार जना घाइते

दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, चार जना घाइते

बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका-५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

धनगढी- दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका-५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो। 

National life

झडपमा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। गठबन्धनका दुई जना र एमालेका दुई जना गरी चार जना घाइते भएका हुन्। 

झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का २० वर्षीय जहेन्द्रसिंह धामी र २४ वर्षीय जगतसिंह धामी घाइते भएका छन्।

उनीहरूको अहिले लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। एमाले प्रदेश सभा (२) का उम्मेदवार रामदत्त जोशीको टोलीले प्रचार गरिरहेको अवस्थामा गठबन्धनका कार्यकर्तासँग जम्काभेट भएपछि विवाद भएको थियो। गठबन्धन्का कार्यकर्ताले विवाद सुरु गरेपछि झडपको स्थिति बनेको बताइएको छ। प्रचारमा अवरोध गरेपछि प्रतिवाद गर्न खोज्दा झडप भएको एमाले दार्चुलाले जनाएको छ।

अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्कने क्रममा ओखलमा गठबन्धनका कार्यकर्ताले मदिरा सेवन गरी विवाद गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको भनाई छ। झडपपछि प्रहरी टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो।

प्रकाशित: Nov 11, 2022| 07:10 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।