सोमबार, वैशाख २८, २०८३

जुम्लामा स्कुल बसको ठक्‍करबाट एक बालकको मृत्यु

चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

National life

जुम्ला- जुम्लामा बसको ठक्‍करबाट एक बच्चाको  मृत्यु भएको छ। चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडमा निजी स्कुलको  बसले पैदल हिँडिरहेको बच्चालाई ठक्कर दिएको थियो।

तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे १ क ३८२ नम्बरको कनिका निशा बोर्डिङ स्कुलको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए। मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेको उनले बताए।

दिउँसो करिब ५ बजेर ३५ मिनेटमा दुर्घटना भएकोमा ५ बजेर ५४ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बालकको मृत्यु भएको हो ।  बस र चालक प्रहरीको नियन्त्रणमा छ। 

प्रकाशित: Nov 11, 2022| 07:00 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।