सोमबार, वैशाख २८, २०८३

अख्तियारको अभिव्यक्तिप्रति बारको ध्यानाकर्षण

आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाल बार एशोसिएशनले यही कात्तिक २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

National life

अख्तियारले पत्रकार सम्मेलनमै अदालतलाई आफू अनुकूलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको ख्याल नगरी ‘अदालतमा न्यायिक विचलन, कानूनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने शब्दप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो।

रको केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीको आज बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बारका कार्यवाहक अध्यक्ष हर्कबहादुर रावलले भने, ‘कानूनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिकरूपमा पत्रकार सम्मेलन गरी न्यायालयमाथि निष्पक्षता र सक्षमतामा नै शङ्का उब्जाउन सक्ने भाषा शैलीको प्रस्तुति उचित मान्न सकिँदैन।’

कार्यवाहक अध्यक्ष रावलले राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरूले विधिको शासनको अक्षरशः पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्ति नदिन आग्रह गरे।

प्रकाशित: Nov 10, 2022| 21:35 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।