सोमबार, भदौ १५, २०८३

२४ टिम सम्मिलित कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने आयोजकले जानकारी दिएको हो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- कामना सेवा विकास बैंकको आयोजनामा हुने दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने आयोजकले जानकारी दिएको हो।

खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ।

समूह 'ए' मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ। समूह 'बी' मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेको छ।

समूह 'सी' मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स रहेको छ। समूह 'डी' मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुंगा बैंक र सिद्दार्थ बैंक रहेको छ।

समूह 'ई' मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बीमा संस्थान रहेको छ। समूह 'एफ' मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेको छ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले   प्रि-क्वाटरफाइनलमा स्थान बनाउने छन्। यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलापर्थाबाट थप ४ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताको उद्घाटन खेलमा समूह 'ए'को सेन्चुरी बैंक र सुर्य लाइफ इन्सुरेन्सबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउदै छन्। यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउदै छन्। दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ। प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ। पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो।

प्रकाशित: Nov 10, 2022| 22:15 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।