शुक्रबार, साउन १, २०८३

यात्रुलाई तानातान गर्ने सात जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तस्बिर:  यात्रुलाई तानातान गर्दा पक्राउ परेका व्यसायी कर्मचारीहरु।

सुर्खेत- सुर्खेतमा यात्रुहरुलाई तानातान गर्ने सात जना यातायात व्यवसायीका कर्मचारीहरु प्रक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मंगलबार र बुधबार सुर्खेतस्थित बसपार्कमा यात्रुलाई तानातान गर्दा उनीहरु पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का सन्दिप परियार, वीरेन्द्रनगर-९ नकेन्द्र खत्री र चक्र बहादुर शाही, गुर्भाकोट-६ का महेश सोमारेमगर, खाँडचक्र नगरपालिका-१ कालिकोटका अर्जुन मल्ल, डुम्री नगरपालिका-४ का रमेश शाही, तुर्माखाद र गाउँपालिका–७ अछामका नमराज न्यौपाने रहेको छन्।

विभिन्न गन्तव्यमा जानका लागि बसपार्कमा आएका यात्रुहरुलाई आफ्नो गाडीमा लैजाने भन्दै विभिन्न यातायात व्यवायीहरुले तानातान गरेको देखेपछि पक्राउ गरेको डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए। 

‘यात्रुलाई जबरजस्ती तानातान गरिरहेको देखेपछि पक्राउ गरेका हौं’, चौधरीले भने, ‘यात्रुको इच्छा विपरित जबरजस्ती गर्ने जो कोहीलाई पनि कानून बमोजिम कारबाही दायरामा आउनेछन्।’

लामो समयदेखि यातायात व्यवसायीले अमानविय तरिकाले तानातान गर्ने गरेको जनगुनासो पछि प्रहरीले बसपार्कमा सुरक्षा निगरानी बढाएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।