शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप, प्रणव, निशन र ऋतिक सेमीफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

प्रणवले गौरव प्रताब सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाएका हुन्। पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६–१, ४–६ र ६–३ ले हराएर अन्तिम चारमा स्थान बनाएका छन्।

यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६–३ र ६–४ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन्। महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएकी छिन्।

सुनीराले क्वाटरफाइनलमा ६–१ र ६–० ले हराउँदा ईशाले अद्या पौडेललाई ७–६ र ६–३ ले पराजित गरिन्।  शर्भालीले भगवती बिकबाट वाक्ओभर पाईन्।

Laxmi sunrise bank
kumari

पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाएका छन्।

सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६–३ र ६–१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६–४ र ६–४ ले पराजित गरे। पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन्।  महेशले रोहित सुनुवारलाई ६–३ र ६–४ ले हराउँदा विमलले मनोज बिक्रम शाहलाई ६–४ र ६–० ले पराजित गरे।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा र विमल कुमार गुरुङले फाइनलमा स्थान बनाएका छन्। विमलले जीवन घिमिरेलाई ६–३ र ६–४ तथा उत्तमले निरन्जन कुमार श्रेष्ठलाई ६–३ र ६–४ ले हराए।

पुरुषको ६५ वर्षमाथि एकलमा बिदुर विष्टले हर्क बहादुर गुरुङलाई ४–२ र ४–० ले हराएर फाइनलमा स्थान बनाए। ज्ञानेन्द्र मान ताम्राकारले भरत रायमाझीबाट वाक्ओभर पाएर फाइनलमा पुगे।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित: Nov 10, 2022| 19:57 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।