सोमबार, वैशाख २८, २०८३

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा मुद्दा दायर

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

National life

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए। घुसवापतको रकम पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय भेटिएको थियो। 

पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रूपन्देही ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध २० लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित: Nov 10, 2022| 18:45 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।