शनिबार, कात्तिक २९, २०८२

भारतलाई हराएर टी २० विश्वकपको फाइनलमा पुग्यो इंग्ल्यान्ड

अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा स्थान सुरक्षित गरेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– अष्ट्रेलियामा जारी टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटको शानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा स्थान सुरक्षित गरेको छ। एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य उसले १६ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो।

National life

इंग्ल्यान्डको जितमा ओपनरद्वय एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे। त्यस्तै कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरा ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ५० रन बनाए भने हार्दिक पान्ड्याले ६३ रन। ओपनर के एल राहुल पाँच रन बनाएर आउट भए। अर्का ओपनर कप्तान रोहित शर्माले २७ रन बनाए। रिसभ पन्तले ६ रन बनाए भने सूर्यकुमार यादवले १४ रन जोडे। इंग्ल्यान्डको बलिङतर्फ क्रिस जोर्डनले ३ विकेट लिए। क्रिस वोक्स र आदिल राशिदले १–१ विकेट लिए।

अब इंग्ल्यान्डले उपाधिका लागी आइतबार पाकिस्तानविरुद्ध खेल्नेछ। बुधबार भएको खेलमा पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाइसकेको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 10, 2022| 16:55 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।