बिहीबार, कात्तिक २७, २०८२

मिस वर्ल्डका नयाँ सहमालिक बने नेपाली मूलका गुरुङ

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेका छन् । 

National life

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो।

गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्ट इम्प्रेसले लेखेको छ। दीपेन्द्रले पनि यो खबर सेयर गरेका छन्। व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक हुन्।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ। यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन्।

सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल वा भारतमध्ये एक ठाउँमा गर्नेसमेत तयारी भएको बताइएको छ। मिस वर्ल्डका कार्यकारी निर्माता स्टेफन मोर्लेले भनेका छन्, ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको छ। हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं। सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 10, 2022| 15:57 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्