आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • झापा-३ मा एमालेका बागीको दाबी– ९५ हजार मत खस्छ, ३३ हजार ६४८ ल्याएर म जित्छु

Siddartha premir insuranceSiddartha premir insurance

झापा-३ मा एमालेका बागीको दाबी– ९५ हजार मत खस्छ, ३३ हजार ६४८ ल्याएर म जित्छु

हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष चलाएका उनी गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्र लिङ्देनसँग पराजित भए। स्थानीय निर्वाचनको हारको बदला लिने सुरमा छन् गिरि।
 |  बिहीबार, कात्तिक २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

इटहरी– धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता पक्षधर र त्यसका विरोधीबीचको चुनावी प्रतिस्पर्धाले चर्चित क्षेत्र हो झापा–३। राजसंस्था, हिन्दू राज्य र संघीयताका विरोधी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र फरक कित्ताका नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाको भिडन्त रोचक छ।

triton college

आफ्नो एजेन्डा सही सावित गर्न सिटौला अन्तिम पटक चुनावी मैदानमा छन् भने राप्रपा अध्यक्षको छवि बचाउनुपर्ने चुनौतीमा छन् लिङ्देन। त्यससँगै राप्रपालाई समर्थन गरेर उम्मेदवारी नदिएको भन्दै बागी उम्मेदवारी दिएका डम्बर बहादुर गिरिको चर्चा छुट्टै छ। 

एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार लिङ्देन र कांग्रेस–माओवादी गठबन्धनका सिटौलालाई चुनौती दिइरहेका छन् गिरि। शनिबार बिर्तामोड चोकमा भेटिएका गिरिले चुनाव प्रचार सामग्री लिन बजार आएको बताए। हल्दीवारी, कचनकवल, भद्रपुरमा फैलिएको ३ नम्बर पुरानो झापाको केन्द्र हो। हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष चलाएका उनी गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्र लिङ्देनसँग पराजित भए। स्थानीय निर्वाचनको हारको बदला लिने सुरमा छन् गिरि। एमालेको मत र केही स्वतन्त्र मत थपेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउ उनको छ।

एमालेको क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहेका गिरिको उम्मेदवारीलाई लिएर पार्टीले कुनै पनि कारबाही प्रक्रिया अगाडि बढाएको छैन। यस आधारमा उनलाई राप्रपाका कार्यकर्ता एमालेको मौन समर्थन रहेको शंका गर्छन्। स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेसपछि एमाले र तेस्रोमा मात्र राप्रपाको मत छ। एमालेको मत गिरिको पक्षमा जाँदा लिङ्देनलाई समस्या भएको कांग्रेसको बुझाइ छ। 

अहिले स्वतन्त्रको नाममा उम्मेदवारी दिए पनि एमालेका अग्रज कार्यकर्ता र नेताको समर्थनमा उम्मेदवारी दिएको गिरिको भनाइ छ। लामो समय राज्यशक्तिमा भएर पनि केही नगरेका सिटौला र अघिल्लो पटक भ्रम छरेर विजयी भएका राजेन्द्र लिङ्देनको पक्षमा जनता नभएको उनले दाबी गरे।

Metro Mart
vianet

हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष हुँदा वा अन्य समयमा पनि सामाजिक क्षेत्रमा सक्रिय भएर जनताको भावना बुझेको भएकाले विजयको लागि समय मात्र पर्खिनुपर्ने गिरिको तर्क छ। त्यसका अलावा पहिलो पटक मतदान गर्ने युवा मतदाताले लिङ्देन र सिटौलालाई नरुचाउने उनी बताउँछन्। 

हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष चलाएका उनी गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्र लिङ्देनसँग पराजित भए। स्थानीय निर्वाचनको हारको बदला लिने सुरमा छन् गिरि।

लिङ्देनसँगको गठबन्धनको विरोधमा रहेका गिरिले पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरे। ‘हिजो त्यही व्यवस्थाको विरोधमा आन्दोलन गरेर टाउको फुटाएर हिँडियो। अहिले त्यसैलाई भोट हाल्नुपर्ने एमाले कार्यकर्ताको बाध्यतालाई मैले बुझेको छु। म केपी ओलीको विचार र व्यवहार हेरेर एमाले भएको हैन। उहाँको सहजताको लागि गरिएको निर्णय मान्दैनौं। जनताको बहुदलीय जनवाद मन परेर पार्टीमा लागेका हौं,’ उनले भने। 

लिङ्देनलाई ३ नम्बरमा जिताएर ५ नम्बरमा ओलीले सुरक्षित हुने बाटो खोजेको उनको आरोप छ। ‘यसअघि एमालेको सूर्य चिन्हमा मतदान गरेका मतदाताले यस पटक सूर्यमुखी फूल चुनाव चिन्हमा मतदान गर्नुहुन्छ। यो क्षेत्रमा ओलीका कुरा कसैले मान्दैन। यो ओलीको व्यक्तिगत लेनदेन हो। हामी मान्दैनौं। पार्टीको कुनै पनि कमिटीमा छलफल नभई गरिएको निर्णय हो। व्यक्तिगत मनोमानीको आधारमा भएको कुरा हो।’

गिरिको चुनावी सभामा सम्बोधन गर्न एमाले नेता भीम रावल आउन सक्ने उनले संकेत गरे। अझै केही दिन बाँकी रहेकाले त्यस विषयमा छलफल भइरहेको उनको भनाइ छ। पार्टीले कारबाही गर्ने विषयमा उनले भने, ‘कसैलाई मन परेको वा नपरेको आधारमा कारबाही हुँदैन। कमिटीले निर्णय गर्नुपर्यो नि! ३ नम्बर क्षेत्रका जनताले राजेन्द्र लिङ्देनलाई भोट हाल्नुपर्छ भनेर कुन कुन कमिटीमा छलफल भयो। कुन कमिटीले निर्णय गर्यो? त्यसैले म यो मान्दिन।’

एमाले बचाउने अभियानमा लागेको बताएका उनले २०७४ सालमा सघाएका राजेन्द्र लिङ्देनले राष्ट्रियसभामा धोका दिएको गुनासो गरे। राष्ट्रियसभा निर्वाचनमा राप्रपाले मत नहाल्दा एमाले उम्मेदवार पराजित भएको भन्दै उनले दुःख व्यक्त गरे। यस पटक एमालेको ३ प्रतिशत मत पनि राप्रपामा नजाने गिरिको घोषणा छ। 

चुनाव जित्ने दाबी गर्दै उनले भित्रभित्रै अभियान चलिरहेको सुनाए। ‘सूर्यमा मुखी थपिएको मात्र हो, यो एमालेकै चुनाव चिन्ह जस्तै हो। ३३ हजार ६४८ मत ल्याएर म विजयी हुन्छु। हामीले गरेको आन्तरिक सर्वेक्षणको आधारमा विजय निश्चित भएको हो,’ उनले भने। १ लाख ३१ हजार मतदाता रहेको सो क्षेत्रमा ९५ हजार मत खस्ने उनको अनुमान छ। 

ओलीले पार्टीमा एकलौटी गर्नु नै एमाले विभाजनको कारण भएको उनको बुझाइ छ। ओलीकै घमण्डका कारण सरकार ढलेको उनको तर्क छ। ‘पार्टीमा विचार समान हुने हो, अहिले व्यक्तिगत स्वार्थमा लागेर एमाले कमजोर भएको हो,’ उनी भन्छन्।

प्रकाशित: Nov 10, 2022| 17:45 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।