मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • हार्दिकको विस्फोटक ब्याटिङमा भारतद्वारा बेलायतलाई १६९ रनको लक्ष्य प्रस्तुत

हार्दिकको विस्फोटक ब्याटिङमा भारतद्वारा बेलायतलाई १६९ रनको लक्ष्य प्रस्तुत

आइसिसी टि २० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– आइसिसी टि २० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ। भारतविरुद्धको खेलमा टस जितेर इंग्गल्यान्डले पहिले फिल्डिङ रोजेको थियो। 

भारतका लागि विराट कोहलीले ५० रन बनाए भने हार्दिक पान्ड्याले ६३ रन। ओपनर के एल राहुल पाँच रन बनाएर आउट भए। अर्का ओपनर कप्तान रोहित शर्माले २७ रन बनाए।

रिसभ पन्तले ६ रन बनाए भने सूर्यकुमार यादवले १४ रन जोडे।

इंग्गल्यान्डको बलिङतर्फ क्रिस जोर्डनले ३ विकेट लिए। क्रिस वोक्स र आदिल राशिदले १–१ विकेट लिए।

प्रतियोगिताको उपाधि दाबेदार भारत ग्रुप टु को विजेता भएर सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै इंग्ल्यान्ड भने ग्रुप वानको उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। टी २० क्रिकेटको विश्व वरियतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा।

kumari

आजको खेलको विजेताले उपाधिका लागि फाइनलमा आइतबार मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानसँग खेल्नेछ। बुधबार भएको खेलमा पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो।


प्रकाशित: Nov 10, 2022| 15:28 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।