मंगलबार, फागुन १९, २०८२

कमलको घातक बलिङले एपीएफलाई पुर्‍यायो पीएम कपको फाइनलमा

किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सात विकेटको जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

माठमाडौं- काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा जित निकाल्दै मधेश प्रदेश फाइनलमा पुगेको छ।

किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सात विकेटको जित निकाल्दै एपीएफ फाइनलमा पुगेको हो।

खेलमा म्यान अफ दि म्याचसमेत रहेका कमल सिंह ऐरीले नौ ओभर बलिङ गर्दै चार विकेट गिराएका थिए। उनले बलशाली विकेट खेलेपछि मधेश प्रदेश ३१ ओभरमै सबै विकेट गुमाएर १२२ रनमा समेटिएको थियो। जवाफमा एपिएफले २१ ओभर तीन बलमै तीन विकेट खर्चिएर निर्धारित १२३ रनको लक्ष्य पुरा गर्यो।

खेलमा मधेशका रुपेश सिंहले सर्वाधिक ३६ रन बनाएका थिए भने सन्तोष कार्कीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले कमजोर प्रदर्शन गरे।

एपिएफका लोकेश बमले अविजित ३५ रन बनाए भने प्रदिप ऐरीले ३३ रनको योगदान दिए। मधेशका रुपेशले दुई विकेट पनि गिराएका थिए।

kumari

अब एपिएफले फाइनलमा आर्मी र पुलिसको विजेतासँग त्रिवी क्रिकेट मैदानमा खेल्नेछ।

प्रकाशित: Nov 10, 2022| 14:44 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।