मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल–पाकिस्तान खेल हेर्ने एक दर्शकले विश्वकपमा ब्राजिलको खेल हेर्न टिकट पाउने

नेपाल–पाकिस्तान खेल हेर्ने एक दर्शकले विश्वकपमा ब्राजिलको खेल हेर्न टिकट पाउने

नेपाली राष्ट्रिय फुटबल टोलीले यही कात्तिक ३० गते पाकिस्तानको राष्ट्रिय फुटबल टोलीसँग दशरथ रंगशालामा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल्दैछ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले यही कात्तिक ३० गते पाकिस्तानको राष्ट्रिय फुटबल टोलीसँग दशरथ रंगशालामा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल्दैछ। यो खेलका एक दर्शकले ब्राजिल र क्यामरुनबीचको विश्वकप खेलको टिकट पाउने एन्फाले जानकारी दिएको छ।

‘एन्फाले सो खेलका एक भाग्यशाली विजेतालाई विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको एउटा टिकट  गोलाप्रथाबाट प्रदान गर्नेछ। साथै सो खेलको लागि ८० वटा भीभीआईपी टिकट पनि रु. ५,००० का दरले बिक्री गरिँदैछ,’ एन्फाले भनेको छ।

फिफा डेमा हुन लागेको फिफाद्वारा मान्यता प्राप्त अन्तराष्ट्रिय खेल दशरथ रंगशालामा फ्लड लाइटमा साँझ ५ बजे शुरु हुने एन्फाले जनाएको छ। यसअघि नेपालले बंगलादेश राष्ट्रिय टोलीसँग आश्विन ११ गते दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेलको थियो।

पाकिस्तानसँगको खेलको लागि अहिले नेपाली राष्ट्रिय टोली प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा रहेको छ। पाकिस्तानको राष्ट्रिय टोली पनि सो खेलको लागि नोभेम्बर १३ (कात्तिक २७) मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ।

उक्त खेलको लागि साधारण पारापिट तर्फ ५०० र भीआइपी पारापिट तर्फ १,००० टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ। संघले खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रालिलाई दिएको छ। 

kumari

प्रकाशित: Nov 10, 2022| 13:37 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।