शुक्रबार, फागुन २९, २०८२

मधुमेहका बिरामीले सेवन गर्नु हुँदैन यस्ता चिज

पछिल्लो समय नेपाललगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार लगभग ४२.२ करोड व्यक्ति मधुमेहको गम्भीर सिकार भएका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

पछिल्लो समय नेपाललगायत विश्वभर नै मधुमेहका बिरामीको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार लगभग ४२.२ करोड व्यक्ति मधुमेहको गम्भीर सिकार भएका छन्।

National life

मधुमेहबाट जोगिनका लागि आहार तथा जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। जो मानिस पहिलेदेखि नै मधुमेहबाट पीडित छन् उनीहरूले त खानपानमा झनै विशेष ध्यान दिनुपर्छ। त्यस्ता व्यक्तिले सधैँ ब्लड सुगरको लेवल नियन्त्रण गर्ने खानेकुरा खानुपर्छ।

मधुमेहका बिरामीले हरियो सागपातको सेवन गर्नुपर्छ। हरियो सागपात पौष्टिकताले भरिपूर्ण हुन्छ। यसमा क्यालोरीको मात्रा पनि अधिक हुन्छ। स्वास्थ्य विशेषज्ञले यस प्रकारको पौष्टिक तत्वलाई डाइटमा सामिल गर्न सुझाव दिन्छन्।  रक्तकोषिकालाई बढाउन पनि यस्ता सागपातले सहयोग पुगाउँछ।

मधुमेह रोगीका लागि अण्डा फाइदाजनक हुन्छ। अण्डाको सेवनले शरीर सुन्निने समस्या कम गर्छ। एक अध्ययनका अनुसार अण्डाको सेवनले शरीरमा रक्तकोषिका बढाउन मद्दत गर्ने देखाएको थियो। शरीरमा प्रोटिनको मात्रालाई पनि अण्डाले सहजै परिपूर्ति गर्छ।

यसका साथै ओखर, बदाम, काजुको सेवन पनि रक्त कोषिका नियन्त्रित गर्न फाइदाजनक हुन्छ। मधुमेह भएकाहरूले यस्ता खानेकुरालाई डाइटमा सामेल गर्नुपर्छ। एक अध्ययनले बदाम र ओखर खाँदा ब्लड सुगरको लेवलमा कमी आएको देखाएको थियो। 

Laxmi sunrise bank
kumari

यस्तै तरकारीमा भिन्डिको सेवन पनि मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ। भिन्डिमा पोलिसेकेराइड र फ्लेवोनोइड्स एन्टीअक्सीडेन्टको मात्र प्रयाप्त हुन्छ। जसले शरिरमा रगतको मात्रालाई सन्तुलित गर्छ। भिन्डिमा एन्टीबायोटिक गुण पनि हुन्छ। एक महिना नियमित भिन्डिको सेवन गर्न सुगरको मात्रामा नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित: Nov 11, 2022| 06:22 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्