बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५१ पुग्यो, ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता

 |  बुधबार, असोज ७, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज ७, २०८३

काठमाडौं- रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो। 

फेला परेका मृतकको विवरणमा ५४५ पुरुष, ३३६ महिला तथा ५३० वटा आंशिक मानव अंगहरू रहेका छन्। बाढीमा परेर अझै ५ हजार ७०५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ। संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६७ जनाको मृत्यु भएको छ। यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २३६, रसुवामा २०३, गोरखामा ७९, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ। खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ।

प्रकाशित: Sep 23, 2026| 07:36 बुधबार, असोज ७, २०८३
प्रतिक्रिया दिनुहोस्