बिहीबार, वैशाख २०, २०८१

विश्वकपमा एसियाली पावरहाउस जापान

विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- कतारमा फिफा विश्वकप सुरु हुन अब केही दिनमात्र बाँकी छ। सहभागी सबै राष्ट्रले यसका लागि तयारी तीव्र रुपमा गरिरहेका छन्। सबैले आ-आफ्ना खेलाडीलाई समेट्दै विश्वकपका लागि टोली घोषणा गर्ने क्रम पनि जारी छ।

triton college

प्रतियोगितामा सहभागी ३२ राष्ट्रमध्ये सबैभन्दा पहिले टोली घोषणा गर्ने देश हो जापान। यहीबाट पनि अनुमान लगाउन सकिन्छ कि जापान विश्वकपलाई लिएर कति उत्सुक छ भनेर। फुटबलमा एसियाको पावरहाउसले परिचित जापान फिफा वरीयतामा इरानपछि एसियाको दोस्रो स्थानमा रहेको छ। २० औं स्थानमा रहँदै एसियाको शीर्ष टिम बनेको इरानपछि २४ औं स्थानमा रहँदै जापान दोस्रो स्थानमा रहेको छ।

विश्वकपमा समूह ‘ई’ मा रहेको जापान सबैभन्दा कठिन समूहमा रहेको छ। फुटबलको पावरहाउस जर्मनी, स्पेन र कोष्टारिकासँग एउटै समूहमा रहेको जापानलाई समूह चरण पार गर्न ठूलो चुनौती रहेको छ। जापानी टिमका कप्तान माया योसिदा पनि आफूहरु कठिन समूहमा रहको स्वीकार्छन्। कठिन समूहमा परे पनि आफ्नो टिम विश्वकपका लागि तयार रहेको उनले बताएका छन्। जर्मनको क्लब साल्केबाट व्यावसायिक फुटबल खेलिरहेका ३४ वर्षे योसिदा जापानबाट सबैभन्दा धेरै समय युरोपमा बिताउने खेलाडी समेत हुन्।

उनले प्रिमियर लिग, सिरि ʽएʼ जस्ता युरोपका प्रतिष्ठित लिग खेलिसकेका छन्। विश्वकपलाई लिएर उनी भन्छन्, ʽहामी कतार गएर विश्वकप खेल्न उत्साहित छौं। हाम्रो टिम यस प्रतियोगिताका लागि तयार छ। हामी कठिन समूहमा परेका छौं, यो समूह निकै चुनौतिपूर्ण छ। तर हामी यसलाई पार गरेर माथि जान चाहन्छौं। हाम्रो टिमको सबैभन्दा बलियो पक्ष भनेको एकता हो। हामी एउटा परिवार जस्तो भएर खेल्छौं, जसले हामीलाई अझै अगाडि पुर्‍याउन मद्दत गर्छ।ʼ

विश्वकपमा जापानले २३ नोभेम्बरमा जर्मनीसँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ। त्यसपछि उसले दोस्रो खेलमा कोस्टारिकासँग नोभेम्बर २७ र समूह चरणको अन्तिम खेलमा स्पेनसँग डिसेम्बर १ मा खेल्नेछ।

corrent noodles
Metro Mart

बेसबलपछि जापानको सबैभन्दा लोकप्रिय खेल फुटबल हो। जापानमा फुटबललाई यति धेरै प्राथमिकतामा राखिएको धेरै समय भएको छैन। सन् १९८० पछि विश्व फुटबलको बढ्दो क्रेजले जापानलाई पनि छोयो। त्यसपछि जापानले फुटबलमा करोडौं लगानी गर्‍यो जसको प्रतिफल उसले एक दशक अर्थात सन् १९९० पछि पायो। सन् १९९० बाट जापानको राष्ट्रिय टिमले लगातार छ वटा विश्वकपमा स्थान बनायो। त्यसपछि जापानले एसियामा फुटबलको पावरहाउस नामक उपमा पायो। सन् १९८० पश्चात् फुटबलमा उदाएको जापानले सर्वाधिक चारपटक एसियन कपको उपाधि जितेको छ। 

एसियाको आशा बन्दै जापान 

फुटबललाई केन्द्र बनाएर हेर्दा अन्य महादेशको तुलनामा एसिया महादेश धेरै पछाडि रहेको छ। एसियाका कुनै पनि देशले विश्वकप उपाधि जित्न मात्रै नभई फाइनलमा पनि पुगेका छैन्। जापान र दक्षिण कोरियाले आयोजना गरेको सन् २००२ को विश्वकपमा दक्षिण कोरियाले अप्रत्यासित रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। कोरिया विश्वकपको सेमिफाइनलसम्म पुग्ने पहिलो एशियाली राष्ट्र बन्यो। तर सेमिफाइनलमा जर्मनीसँग १-० गोल अन्तरले पराजित भएपछि कोरिया विश्वकपको फाइनल खेल्ने पहिलो एशियाली राष्ट्र बन्नबाट चुक्यो। त्यसपछि कुनै पनि एसियाली राष्ट्रले विश्वकपमा सम्झनलायकको प्रदर्शन गर्न सकेनन्।

तर पछिल्लो समय उच्च लयमा रहेको जापानलाई विश्वकपमा एसियाबाट सहभागिता जनाउने सबैभन्दा बलियो टिमको रुपमा हेरिएको छ। अनुभवी स्टार खेलाडी तथा युरोपमा प्रभाव पारेका खेलाडीको बाहुल्य रहेको जापानलाई फिफा वरीयताले पनि अन्य एशियाली टिमभन्दा अब्बल देखाउँछ। 

जापानी फुटबल टिमका ५४ वर्षे मुख्य प्रशिक्षक हाजिम मोरियासुले जापानलाई विश्वकपमा एसियाकै सबैभन्दा बलियो टिमका रुपमा चिनाउँदै प्रतियोगितामा इतिहास रच्ने बताएका छन्। उनले आफ्नो सपना भनेकै विश्वकप जित्नु रहेको पनि सुनाए। विश्वकपका लागि टिम घोषणा गर्ने क्रममा जापानी मिडियासँग कुरा गर्दै उनले भने, ʽअहिले मैले विश्वकपको लागि हाम्रो टिम घोषणा गर्दैगर्दा मेरो मुख्य उद्देश्य भनेको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नु हो। पछिल्लो समय हामी जुन लयमा खेलिरहेका छौं, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं। विश्वकप इतिहासमा एसियाको अहिलेसम्म सम्झनलायक पलहरु धेरै कम छन्। म त्यसको अन्त्य गर्न चाहन्छु। मेरो सपना भनेकै जापानलाई एकपटक विश्व विजेता बनाउनु हो र हामी त्यसका लागि धेरै मिहिनत गरिरहेका छौं।

विश्वकपमा जापानको इतिहास
जापानले पहिलोपटक विश्वकप सन् १९९८ मा खेलेको हो। तर पहिलो सहभागिता जापानले समझनलायक भने बनाउन सकेन। समूह चरणमा खेलेका तीनै खेलमा पराजित हुँदै जापान प्रतियोगिताबाट बाहिरियो। त्यसयता फिफाको प्रतिबन्ध, छनोट हुन नसक्नु जस्ता कारणले जापानले विश्वकप खेल्न पाएको थिएन। तर फुटबललाई जापानले आफ्नो संस्कृतिसँग जोडेर प्राथमिकता दिएपछि एसियाली फुटबलमा तरंग नै ल्याइदियो। सन् १९९८ मा पहिलो विश्वकप खेलेको जापानले त्यसपछिको संस्करण त आफ्नै देशमा आयोजना गर्ने मौका पायो। आयोजकका नाताले जापानले स्वत: रुपमा उक्त विश्वकपमा सहभागिता जनायो। पहिलो सहभागितादेखि जापानले त्यसपछि भएका सबै छ वटा संस्करणमा छनोट भएर विश्वकप खेलेको छ।

जापानले विश्वकपमा अहिलेसम्म हात पारेको सबैभन्दा ठूलो सफलता भनेको सन् २००२, २०१० र २०१८ को अन्तिम १६ मा स्थान बनाउनु हो। छ पटकको सहभागितामा जापानले तीनपटक समूह चरण पार गर्न सकेको छै भने तीनपटक अन्तिम १६ मा स्थान बनाएको छ। सन् २०१०/०१४ र ०१८ गरी तीन संस्करणमा गोल गरेका जापानका मिडफिल्डर केइसुक होन्डा जापानका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिइसकेका उनले तीन संस्करणमा चार गोल गरेका छन्।

जापानको टोली
गोलकिपरः सुइची गोन्डा (सिमिजु एस–पल्स), डानियल स्मिड्ट (सिन्ट–ट्रेइडेन), इजी कावासीमा (स्ट्रासबर्ग)

डिफेन्डरः मिकी यामाने (कावासाकी फ्रन्टाले), हिरोकी साकाई (उरावा रेड्स), माया योसिदा (कप्तान) (साल्के), ताकेहिरो तोमियसु (आर्सनल), सोगो तानिगुची (कावासाकी फ्रन्टाले), को इताकुरा (बोरुसिया मोन्चेनग्लाडवाक), हिरोकी इटो (स्टुटगार्ट), युटो नागातोमो (एफसी टोकियो), युटा नाकायामा (हडर्सफिल्ड टाउन)

मिडफिल्डरः  वातारु इन्डो (स्टुटगार्ट), हिदेमासा मोरिता (स्पोर्टिङ), एओ तानाका (फर्टुना डुसेलडर्फ), गाकु सिबासाकी (लेगानेस), काओरु मितोमा (ब्राइटन), दाइची कामदा (फ्रान्कफुर्ट), रित्सु डोआन (फ्रेइवर्ग), जुनाया इतो (रेइम्स), ताकुमी मिनामिनो (मोनाको), ताकेफुसा कुबो (रियल सोसिडाड), युकी सोमा (नागोया ग्राम्पस)

अट्याकिङः  दाइजेन मायदा (सेल्टिक), ताकुमा एसानो (बोचुक), आएसे उएदा (सर्कल ब्रग)

-समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Nov 10, 2022| 20:42 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।