शनिबार, कात्तिक २९, २०८२

विश्वकपमा स्विट्जरल्यान्डले ल्याउनेछ यस्तो टिम

स्विट्जरल्यान्डको टिममा ग्रान्ट जाका र जर्दान शिकरी पनि परेका छन्। उनीहरु त्यहाँका अनुभवी खेलाडी हुन्। यी खेलाडीसँगै २६ खेलाडीको टिममा विश्वकपको समूह जीमा रहेका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– कतारमा यही नोभेम्बर २० बाट सुरु हुने फिफा विश्वकपको लागि स्विट्जरल्यान्डले पनि आफ्नो टिम सार्वजनिक गरेको छ। अघिल्लो विश्वकपमा विभिन्न फरक फरक शैलीमा गोल सेलिब्रेसन गर्दै चर्चामा आएको स्विट्जरल्यान्डले यो वर्ष कतारमा हुने विश्वकपको लागि पनि टिम सार्वजनिक गरेको हो।

National life

स्विट्जरल्यान्डको टिममा ग्रान्ट जाका र जर्दान शिकरी पनि परेका छन्। उनीहरु त्यहाँका अनुभवी खेलाडी हुन्। यी खेलाडीसँगै २६ खेलाडीको टिममा विश्वकपको समूह जीमा रहेका छन्।

कतारमा हुने विश्वकपको समूह जीमा स्विट्जरल्यान्डसँगै ब्राजिल, सर्बिया र क्यामरुन पनि रहेको छ। तुलनात्मक रुपमा निकै बलिया टिमहरु रहेको यो समूहमा स्विट्जरल्यान्डले पहिलो खेलमा क्यामरुन दोस्रोमा ब्राजिल र तेस्रो खेलमा सर्बियाको सामना गर्नेछ। विश्वकपअघि ब्राजिलले घानासँग मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ।

स्विट्जरल्याण्डको टिम
गोलकिपरः ग्रेगोर, कोबेल, फिलिप कोन, यान सोमेर, जोनास ओमलिन

डिफेण्डरः मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, फिबयन सार, सिल्भान विडमर

Laxmi sunrise bank
kumari

मिडफिल्डरः माइकल अबिस्केर, एडिमिल्सन पर्नान्डेज, फिबयन फ्रेई, रेमो फ्रुएलर, अर्डोन जाशारी, नोह ओकाफोर, फाबियन रेइडर, जेर्दान शिकरी, डिजिब्रिल सो, रेनाटो स्टेफेन, ग्रान्ट जाका, डेनिस जाकारिया

फरवार्डः ब्रिल एम्बोलो, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास

प्रकाशित: Nov 10, 2022| 13:09 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।