शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साफ च्याम्पियनसिप: नेपालको फाइनल पुग्‍ने सपनामा 'ब्रेक'

साफ च्याम्पियनसिप: नेपालको फाइनल पुग्‍ने सपनामा 'ब्रेक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ढाका- बंगलादेशमा जारी १२ औं साफ सुजुकी च्याम्पियनसिपको नकआउट चरणमा नेपाल माल्दिभ्ससँग पराजित भएसँगै फाइलनको सपनामा ब्रेक लागेको छ। नकआउट चरणको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ३-० को गोल अन्तरले पराजित भएको हो। 

बंगबंन्दु नेश्नल स्टेडियममा भएको खेलमा माल्दिभ्सका इब्राहिम वाहिदले दुई तथा अक्रम अब्दुल घानेले एक गोल गरेका हुन्।

खेलको सुरुवाती नवौं मिनेटमा नै नेपालका फर्वाडर विमल घर्तिमगरले फउल गरे छि माल्दिभ्सले फ्रि-किक पाएको थियो। डि-बक्सको एक याड बाहिरबाट पाएको फ्रि-किकलाई माल्दिभ्सका अक्रम अब्दुल घानेले सुन्दर गोलमा परिणत गरेका थिए। 

त्यस्तै इब्राहिम वाहिदले ८४ औं मिनेटमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर पारे। यसपछि आक्रमक बनेको माल्दिभ्स पुनः दुई मिनेट नबित्दै इब्राहिम वाहिदले नै व्याक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनुश्चित गरे। उनले आफ्नो दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए।

सुरुवाती समय देखि नै नेपालले माल्दिभ्समाथि पकड जमाँदै केहि सुन्दर गोल गर्ने अवसर पाएको थियो। तर, सोहि अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपाल ३-० ले पराजित भएको हो। आफ्नै गल्तीका कारण नेपाल तीनै गोल खान पुगेको थियो।

माल्दिभ्सविरुद्ध नेपालको यो आठौं पराजय हो। अहिले सम्म १६ खेल खेल्दा चार खेल मात्र जितेको नेपालले चारै खेलमा बराबरी खेलेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।