काठमाडौं- फिफा विश्वकपको साविक उपविजेता क्रोएसियाले पनि यो विश्वकपका लागि आफ्नो टिम सर्वजनिक गरेको छ। उसले २५ सदस्सीय टिम घोषणा गरेको हो। पछिल्लो पटक रसियामा भएको विश्वकपमा क्रोएसिया पहिलो पटक फाइनल पुगेको थियो।
ठूलो चुनौति पन्छाउँदै फाइनल पुगेको क्रोएसियाले विश्व फुटबलमा नयाँ पहिचान स्थापित गरेको थियो। तर उसले फाइनलमा फ्रान्ससँग ३-२ को हार बेहोरेको थियो।
समूह एफमा क्रोएसियासँगै बेल्जियम, क्यानाडा र मोरोक्को पनि छन्। विश्वकपको पहिलो खेलमा उसले मोरोक्कोसँग खेल्नेछ भने दोस्रो र तेस्रो खेलमा क्यानडा र बेल्जियमसँग खेल्नेछ।
यस्तो छ टिम
गोलकिपर : डोमिनिक लिवाकोविच, इविका इभुसिच, इवो ग्राविक
डिफेन्डर : डोमागोज विदा, डेजन लोवरन, बोरना बारिसिच, जोसिप जुनानोविच, जोस्को गवाडिओल, बोर्ना सोसा, जोसिप स्टानिसिच, मार्टिन इर्लिच, जोसिप सुटालो
मिडफिल्डर : लुको मोड्रिच, माटेड वाभासिच, मासेलो ब्रोजोविच, मारिया पालालिच, निकोला व्लासिच, लोभ्रो मजेर, क्रिस्टिजेन जाकिच, लुका सुसिच
फरवार्ड : इवान पेरिसिच, आन्द्रेज क्रमरिच, ब्रुनो पेट्कोविच, मिस्लव ओरसिच, एन्टी बुडिमिर, मार्को लिवाजा