बिहीबार, वैशाख २०, २०८१

विश्वकपका लागि फ्रान्स, वेल्स र अमेरिकाको टिम घोषणा

डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि रक्षा गर्ने लक्ष्यसाथ टिम घोषणा गरेको छ। त्यस्तै, ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले पनि राम्रो प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ टिम सार्वजनिक गरेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– कतारमा यही नोभेम्बर २० बाट सुरु हुने फिफा विश्वकपका लागि फ्रान्स, वेल्स र अमेरिकाले टिम घोषणा गरेका छन्।

triton college

डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि रक्षा गर्ने लक्ष्यसाथ टिम घोषणा गरेको छ। त्यस्तै, ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले पनि राम्रो प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ टिम सार्वजनिक गरेको छ।

सन् २०१८ को विश्वकप फाइनलमा गोल गरेका केलियन एम्बाप्पे र करिम बेञ्जिमालाई समेट्दै फ्रान्सले टिम सर्वजनिक गरेको हो। म्यानचेस्टर युनाइटेडका राफेल वारान पनि टिममा परेका छन्।

अब फ्रान्सले पहिलो खेल मंसिर ६ गते अष्ट्रेलियासँग खेल्नेछ। समूह समूह ‘डी’ अन्तर्गतको यो खेल नेपाल समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

विश्वकपमा फ्रान्सको टिम
गोलकिपरः अल्फोन्से अरेओला (वेस्टहाम), ह्युगो लोरिस (टोटनहम), स्टिभ मनडान्डा (रेन्स)

corrent noodles
Metro Mart

डिफेन्डरः राफेल भरान (म्यानचेष्टर युनाइटेड), प्रेसनेल किमपेम्बे (पेरिस सेन्ट जर्मेन), इब्राहिम कोनाटे (लिभरपुल), जुल्ड कोन्डे (बार्सिलोना), लुकास हर्नान्डेज (बायर्न म्युनिख), थियो हर्नान्डेज (एसी मिलान), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलयम सालिबा  (आर्सनल) र डायोट उपामेकानो (बायर्न म्युनिख) 

मिडफिल्डरः एडुवार्डो कामाभिंगा (रियल मड्रिड), अउरेलिएन चुवामेनी (रियल मड्रिड), युसुफ फोफाना (मोनाके), माटेओ गुएन्डोजी (मार्से), एड्रिएन ¥याबिओट (युभेन्ट्स), जोर्डन भेरेटोटट (मार्से)

फरवार्डः करिम बेन्जेमा (रियल मड्रिड), केलिएन एमबाप्पे (पेरिस सेन्ट जर्मेन), किंग्सले कोमन (बायर्न म्युनिख), उसमान डेम्बेले (बार्सिलोना), ओलिभर जिरुड (एसी मिलान), एन्टोनी ग्रीजमन (एट्लेटिको मड्रिड) र क्रिस्टोफर एनकुन्कु (आरबी लाइपजिग)

विश्वकपमा वेल्स
विश्वकप फुटबलका लागि ग्यारेथ बेलको कप्तानीमा वेल्सले २६ सदस्यीय टिम घोषणा गरेको छ। वेल्सले आफ्नो टिममा मिडफिल्डर जोइ एलनलाई पनि राखेको छ। चोटका बाबजुद पनि जोइ टिममा अटाए।

विश्वकपमा समूह ‘बी’ मा रहेको वेल्स वेल्सले अमेरिकाविरुद्ध नोभेम्बर २१ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ। वेल्स ६४ वर्षपछि अहिले विश्वकपमा पुगेको हो। सन् १९५८ मा वेल्सले पहिलोपटक विश्वकप खेलेको थियो। 

वेल्सको टिम
गोलकिपकरः आडम हेन्नेस्सी(नटिङघम फरेस्ट), ड्यानी वार्ड(लेस्टर सिटी), आडम डेविस(स्टोक सिटी)

डिफेन्डरः नेको विलियम्स(नटिङघम फरेस्ट), बेन डेबिस(टोटेनहम हट्सपर), बेल काबान्गो(स्वान्सा सिटी), जोय रोदोन(रसेन्निस), क्रिस मेफम(बर्नेमाउथ), इथन अम्पाडु(स्पेजिया), क्रिस गुन्टर(एएफसी विम्बल्डन), कान्नेर(बर्नली) र टोम लोकयर(लुटन टाउन)

मिडफिल्डरः आरोन रामसी(निस), जोय अलेन(स्वान्सा सिटी), ह्यारी विल्सन(फुलहाम), जोय मारेल(पोर्टसमाउथ), ड्यालन लेविट(डुन्डी युनाइटेड), रुविन कोलविल(कार्डिफ सिटी), जोन्नी विलियम्स(स्विन्डन टाउन), माथ्थिउ स्मिथ(मिल्टोन केयन्सि), सोर्बा थोमस(हुडफिल्ड टाउन)

फरवार्डः ग्यारेथ बेल(लस एन्जलस), डान जेम्स(फुलहाम), किइफर मोरे(बर्नेमाउथ), मार्क ह्यारिस(कार्डिफ सिटी), ब्रेनन जोन्सन(नटिङघम फरेस्ट)

अमेरिकाको टिम घोषणा
अमेरिकाले पनि फिफा विश्वकप फुटबलका लागि २६ सदस्यीय टोलीका घोषणा गरेको छ। उसले बिहीबार नै विश्वकप टिमको घोषणा गरेको हो।

यो विश्वकपमा समूह ’बी’ मा अमेरिकासँगै इंग्ल्यान्ड, इरान र वेल्स छन्। त्यस्तै, अमेरिकाले वेल्ससँग नोभेम्बर २२ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

अमेरिकी टिमः
गोलकिपरः इथन हर्भाट (लुटन टाउन), सिन जोनसन(न्यु योर्क सिटी), म्याट टर्नर(आर्सनल)

डिफेन्डरः क्यामेरोन कार्टर विकर्स(सेल्टिक), सर्जिनो डेस्ट(एसी मिलान), आरोन लन(न्यु योर्क रेड बुल्स), साक मोरे(नाशविली), टिम रेयम(फुलहाम), एन्टोनी रोबिन्सन(फुलहाम), जोय स्काली(मोन्छेनग्लाडबाख), वल्कर जिमरमेन(नाशविल्ली) र डियन्ड्री येडलिन(इन्टर मियामी)

मिडफिल्डरः ब्रेन्डन आरोन्सन(लिड्य युनाइटेड), केल्यन एकोस्टा(लस एन्जलस), टेलर एडम्स(लिड्स), लुका डि ला टोरे(सेल्टा भिगो), वेस्टोन म्याकेनिन(युभेन्टस), युनुस मुसाह(भ्यालेन्सिया), क्रिस्टियन रोल्डन(सिटल साउडर्स)

फरवार्डः क्रिस्टियन पुलिसिच(चेल्सी), जिसस फरेइरा(डल्लास), जोर्डन मोरिस(सेटल साउन्डर्स), जियोविन्नी रेयन(बोरुसिया डर्टमन्ड), जोस सर्जेन्ट(नर्विच सिटी), टिम वेह(लिल्ल), हाजी राइट(अन्ताल्यास्पोर)


प्रकाशित: Nov 10, 2022| 12:20 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।