काठमाडौं- मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका सातौं र आठौं तहका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ।
आयोगले आठौं तहमा मेडिकल अधिकृत, डेन्टल जर्सन गरी ८ जनाका लागि आवेदन खुलाएको छ।
सातौं तहका लागि नर्सिङ अधिकृतसहित फिजियोथेरापिस्ट, ल्याब टेक्निसियन, जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इन्जिनियर गरी ७ वटा जनाका लागि आवेदन खुल्ला गरेको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने आयोगले जानकारी दिएको छ। साथै १५ गतेदेखि २१ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने पनि आयोगले जनाएको छ।