सोमबार, वैशाख २८, २०८३

ग्यास लिक भएर आगलागी हुँदा भोजपुरको बालकको मृत्यु

भोजपुरको हतुवागढी गाउँपालिका-५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- भोजपुरको हतुवागढी गाउँपालिका-५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। 

National life

स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। 

उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। 

घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको उपाध्यक्ष राईले बताइन्।

प्रकाशित: Nov 10, 2022| 09:57 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।