सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङका तीन निर्वाचन क्षेत्रमा ८ महिलाबीच प्रतिस्पर्धा

दाङका तीन निर्वाचन क्षेत्रमा ८ महिलाबीच प्रतिस्पर्धा

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

देउखुरी- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्।

National life

दाङ क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन्। 

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गंगा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिएका छन्। दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन्। देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र नम्बर १ मा पर्दछ। 

क्षेत्र नम्बर १ ‘क’ मा ७० हजार दुई सय ६७ र (ख) मा ६४ हजार चार सय ६६ मतदाता छन्। क्षेत्र नम्बर (क) मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ।  क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धीमा छन्। 

नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा छन्। क्षेत्र नम्बर २ (क) मा ६३ हजार तीन सय २२ तथा (ख) मा ७० हजार चार सय २६ मतदाता छन्। क्षेत्र नम्बर २ (क) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ (ख) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ। 

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन्। दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ।

पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन्। क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै छिन्।

क्षेत्र नम्बर ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नम्बर ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए। चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन्। एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित: Nov 10, 2022| 09:51 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।