शुक्रबार, साउन ८, २०८३

गणेशमानको १०८औं जन्मजयन्ती मनाइँदै

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइने भएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइने भएको छ। नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम गरेर गणेशमान जयन्ती मनाउने भएका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा आज बिहान काठमाडौं-१० स्थित सुवर्ण पार्क जोगीकुटीमा माल्यार्पण कार्यक्रम गरिएको छ।

कार्यक्रममा गणेशमान पुत्र एवं नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहलगायतका नेताहरूको सहभागिता रहेको थियो।

गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्‍याय मानिन्छन्। राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ।

प्रकाशित: Nov 10, 2022| 08:20 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।