सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज देशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

अहिले मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- अहिले मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

National life

आज बिहीबार सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार आज बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ। तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ।

प्रकाशित: Nov 10, 2022| 08:10 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।