सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा पुन: भूकम्पको धक्का, खप्तड छेडेदह केन्द्रविन्दु

सुदूरपश्चिममा पुन: भूकम्पको धक्का, खप्तड छेडेदह केन्द्रविन्दु

सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ।

National life

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सुदूरपश्चिमको बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो।

बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।

बुधबार मात्र पनि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो। बुधबार गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो। भूकम्पमा परी आठ जना घाइते भएका थिए।

डोटीको पूर्वीचौकी गाउँपालिका-३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए।

प्रकाशित: Nov 10, 2022| 07:46 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।