शनिबार, कात्तिक २९, २०८२

टेनिसमा पुरुष एकलतर्फ क्वार्टरफाइनल समीकरण पुरा

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मानहजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ प्रदीप खड्का र प्रणव खनाल क्वाटरफाइनल पुगेका  छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मानहजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्।

National life

प्रणवले प्रिक्वाटरफाइनलमा राज बीर प्रधानलाई ६–२ र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाउँदा प्रणव मानन्धरले गोविन्द नेपालीलाई ६–१ र ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरे। त्यसैगरि गौरव प्रताव शाहीले सुशल मोक्तानलाई ६–० र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।

क्वाटरफाइनल पुग्ने अन्य खेलाडीमा सौगात बिक, निहल जंग बहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना छन्। सौगातले विष्णु नेपालीबाट वाक्ओभर पाउँदा निहलले सौरभ नाथ पन्तलाई ६–० र ६–० ले, निसनले प्रितम परियारलाई ६–० र ६–० ले र ऋतिकले आशिष खड्कालाई ६–२ र ६–३ ले पराजित गरे।

पुरुषको ३५ वर्षमाथिको एकलमा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाएका छन्। पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोज बिक्रम शाह र विमल कुमार गुरुङले अन्तिम चारको यात्रा तय गरेका छन्।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा, निरन्जन कुमार श्रेष्ठ, विमल कुमार गुरुङ र जीवन घिमिरेले अन्तिम चारको यात्रा तय गरेका छन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 09, 2022| 21:15 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।