शुक्रबार, साउन ८, २०८३

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

मुगु- मुगुको खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरी तीन दिनदेखि बेपत्ता भएकी छन्। उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन्। 

बाजुराको बुढिनन्दा नगरपालिका–१ माइती घर भएकी गिरीले पाँचवर्ष अघि मुगुको खत्याड गाँउपालिका-८ रिगागाँउका २८ वर्षीय प्रेमलाल गिरीसँग विवाह गरेकी थिइन्। रमनाका चार वर्षीय छोरा र तीन महिने छोरी छन्। 

उनका माइती पक्षले भने परिवारले नै बेपत्ता बनाएको आरोप लगाएको छ। तीन महिने छोरी छाडेर रमना बेपत्ता हुनै नसक्ने माइती पक्षको दाबी छ।

माइती पक्षले घटनाको छानविन गर्न प्रहरीमा उजुरी दिएका छन्। खोजविनमा अग्रसरता देखाउन दवाव दिँदै माइती पक्षका २५ जनाले सुकाढीक प्रहरी चौकीमा धर्ना पनि दिएका छन्। रमनाका श्रीमान प्रेमलाललाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।


प्रकाशित: Nov 09, 2022| 19:58 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।