सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालो पोशाक लगाएर सडकमा उत्रिए विराटनगरका उद्योगी-व्यवसायी

कालो पोशाक लगाएर सडकमा उत्रिए विराटनगरका उद्योगी-व्यवसायी

उनीहरुले कालो पोशाक लगाएर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– बैंकले चर्को ब्याजदर असुल्न थालेको विरोधमा बुधबार विराटनगरका उद्योगी–व्यवसायीले मौन विरोध जुलुस प्रदर्शन गरेका छन्। उनीहरुले कालो पोशाक लगाएर कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्। 

National life

मोरङ व्यापार संघको परिसरमा प्रदर्शन गरिएको मौन विरोध जुलुसमा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ समिति र मोरङ व्यापार संघमा आबद्ध पदाधिकारीसहित उद्योगी–व्यवसायी सहभागी भएका थिए। 

वाणिज्य बैंकहरूले दोहोरो अंकमा मनमौजी रूपले ब्याज असुल्न थालेको भन्दै उनीहरुले ब्याजदर एकल अंकमा नझारेसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

बैंकहरूले चर्को ब्याज असुलेको भन्दै हिजो मंगलबार नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ समितिले पनि सरकार, राष्ट्र बैंक र वाणिज्य बैंकलाई ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित: Nov 09, 2022| 19:31 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।