काठमाडौं- बंगलादेशमा जारी यू- १५ महिलासाफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फेरि शीर्षस्थानमा उक्लिएको छ।
बंगलादेशको राजधानी ढाकामा भर्खरै सम्पन्न भएको खेलमा भुटानलाई १–० ले हराउँदै ९ अंक जोडेको नेपाल शीर्षस्थानमा उक्लिएको हो।
नेपाललाई जित दिलाउनका लागि सेनु परियारले गरेको गोल नै निर्णायक रह्यो। बेञ्चबाट खेल सुरु गरेकी परियार दोस्रो हाफमा मैदान छिर्दै गोल गरेकी थिइन्।
यसअघिका दुवै खेलमा गोल गरेकी वर्षा ओलीले भने आज गोल गर्न सकिनन्। नेपालले पहिलो खेलमा भुटानविरुद्ध ७–० को जित निकाले पनि दोस्रो खेलमा अपेक्षित जित निकाल्न सकेन।