झापा- झापाको कमल गाउँपालिका-६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेललाई अपहरण गरी हत्या गरेको अभियोगमा गौरिगञ्जका सद्दाम हुसैनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गौरीगंज वार्ड नं ६ नेपाल–भारत सिमा नजिक विनोद यादवको धानखेतमा बेवारिसे अवस्थामा पौडेलको मृत सरिर मंगलबार विहान फेला परेको थियो। इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार घटना स्थलमा मे७ प १९०४ नम्बरको मोटरसाईकल, मोवाइल र झोला फेला परेको थियो।
सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगंज बजारमा कपडाको पैशा उठाउन भनी गएका थिए। करिब ६ बजे बेलुका श्रीमतीलाई नास्ता पसलमा एकछिन बस्नु भनी मोटरसाइकलमा हिँडेका पौडेल हुसैनसँग गएका थिए। उनी साँझ राती ९ बजेसम्म नफर्किएपछि उनकी श्रीमतीले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीलाई खोजी गर्दिन भनेकी थिइन।
प्रहरीले सोमबार राती अबेरसम्म पनि पौडेलको खोजी कार्य जारी राखेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा गौरिगन्ज निवासी सद्दाम हुसैनलाई पक्राउ गरेको हो। उनै हुसैनले कपडाको वाँकी (उधारो) पैशा लिन आउनु भन्दै सद्दामले सोमबार बेलुका पौडेललाई गौरिगन्ज बोलाएका थिए।
पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरि हत्या गरिएको थियो। पक्राउ परेका ब्यक्ती सद्दाम हुसैनले प्रहरी समक्ष आफुले पौडेलको हत्या गरेको स्विकार गरिसकेका छ्न। झापाको गौरिगञ्ज गाउपालिका ६ स्थित व्यवसायी खेमराज पौडेलको हत्या भएको स्थानमा ४ बर्ष अघि झापाको तत्कालिन जुरोपानी गाविस वडा नम्बर ५ निवासी भाईकाजी अधिकारीको समेत हत्या गरेर शब फालिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४