शनिबार, कात्तिक ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

धनगढी- डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका सबैका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारसँग माग गरेको छ।

Kumaribank

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन्। उनले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गरेका छन्।

आज बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएको आएको ६.६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुर्‍याएको छ।

भूकम्पले घर भत्किँदा पूर्व चौकी गाउँपालिका गैरामा ६ जनाले ज्यान गुमाएका थिए। 

प्रकाशित: Nov 09, 2022| 17:49 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।