शुक्रबार, साउन १, २०८३

चार वर्षभित्रै सुरुङमार्ग तयार गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलगायत साविक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको बताउँदै अबको चार वर्षभित्रमा पूर्णरुपमा सम्पन्न गर्ने तयारीमा रहेको बताए। 

नेपालको मुख्य पर्यटकीय हबका रुपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई अन्य जिल्लामा पनि पुर्‍याउनका लागि २०० सुविधासम्पन्न होटल स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागिपरेको बताए। उनले पाँच वर्षभित्रमा ३०० घरबास सेवा तयार गरिने बताए। 

मन्त्री लम्सालले पोखरालाई ग्रेटर सिटी र अन्य आपसापका जिल्लालाई स्याटलाइट सिटीका रुपमा विकास गर्ने गरी प्रदेशले बजेट तथा नीति तयार गरेको बताए। उनले गण्डकी प्रदेशले सुरुङ मार्गको योजनालाई प्राथमिकतमा राखेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।