शनिबार, कात्तिक २९, २०८२

विश्वकप फाइनल पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

। पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- अष्ट्रेलियामा भइरहेको आईसीसी टी- २० विश्वकपअन्तर्गत अहिले पाकिस्तान र न्युजिल्यान्डको खेल चलिरहेको छ। पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

अब प्रतियोगिताको फाइनल पुग्नका लागि पाकिस्तानले १५३ रन बनाउनु पर्नेछ। न्युजिल्यान्डले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १५२ रन बनाएको हो।

पहिलो चार रनमै विकेट गुमाएको न्युजिल्यान्डले ३८ रनमा मात्र दोस्रो विकेट गुमाएको थियो। तेस्रो विकेटका लागि पाकिस्तानले आठौं ओभरसम्म पर्खिनु परेको थियो। यद्यपी केन विलियम्सनले  ४२ बल खेलेर ४६ रन बनाउँदै न्युजिल्यान्डको मध्यक्रम जोगाएका थिए।

उनलाई लामो समय क्रिजमा साथ दिए। डेरिल मिचेलले पनि ३५ बलमा ५३ रनको अर्धसतकिय पारी खेले। पहिलो ओभरमै विकेट लिएका शहिन शाह अफ्रिदीले  विलियम्सनलाई १७औं ओभरमा आउट गराएका थिए। मोहम्मद नवाजले एक विकेट लिँदा डेभोन कोन्वे रनआउट भए। आजको विजेता टिमले अब इंग्ल्यान्ड र भारतको विजेता टिमविरुद्ध फाइनलमा खेल्नेछ।

प्रकाशित: Nov 09, 2022| 15:41 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।