शुक्रबार, साउन १, २०८३

नेपाल प्रहरीका सई घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाल प्रहरीका एकजना सई (प्रहरी नायब निरीक्षक) घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले महोत्तरीमा कार्यरत सई रामबाबु यादवलाई बुधबार घुससहित रंगेहात पक्राउ गरेको हो।

महोत्तरीको रामगोपालपुर इलाका प्रहरी कार्यालयका ईञ्चार्ज यादवले भारतबाट समान ल्याइदिन सहज बनाइदिन भन्दै खुद्रा व्यापारीसँग पैसा लिइरहेको बेला अख्तियारको टोलीले पक्राउ गरेको छ। 

अख्यितार कार्यालयका अनुसार सई यादवले स्थानीय खुद्रा व्यापारीसँग पाँच हजार नगद घुस मागेका थिए। अख्तियारको टोलीले गोप्य सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जनाएको छ। यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय बर्दिवासले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।