शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत जित्ने प्रक्षेपण

अमेरिकामा रिपब्लिकनले प्रतिनिधिसभामा बहुमत जित्ने प्रक्षेपण

अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। परिणामले राष्ट्रपति बाइडेनलाई धक्का लाग्ने बताइएको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। परिणामले राष्ट्रपति बाइडेनलाई धक्का लाग्ने बताइएको छ।

triton college

तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ।

सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएको छ। मंगलबार भएको निर्वाचनअघि राष्ट्रपति बाइडेनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो।

विश्लेषकहरूका अनुसार पनि रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ। 

माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ मा मात्रै मंगलबार निर्वाचन भएको छ। अहिले सिनेटमा दुवै पार्टीको ५०–५० सिट छ तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ हुन्छ।

corrent noodles
Metro Mart

यसपालिको सिनेट दौडको नतिजा जर्जिया, पेन्सिलभेनिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ। ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकोले यकिन प्रक्षेपण भएको छैन।

अमेरिकाको संसदमा दुई सदन रहेका छन्। तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ। राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ।

मंगलबार प्रतिनिधिसभाको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको छ। साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मंगलबार निर्वाचन गराएका छन्।

यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

प्रकाशित: Nov 09, 2022| 14:26 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।