शुक्रबार, साउन १, २०८३

कांग्रेस विधान मस्यौदाको टुंगो लगाउन बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले पार्टीका नेताहरुसँग संघीय संरचना अनुसार पार्टीको संगठनलाई पुर्नसंरचना गर्न सुझाव दिएको छ।

समिति अन्तर्गतको तीनवटा उपसमितिले तयार पारेको विधान संशोधन प्रारम्भिक मस्यौदामाथि समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वसँग छलफल गरेको हो।

उपसमितिहरूले तयार पारेको विधान संशोधन मस्यौदामाथि पार्टीका पदाधिकारी, पार्टी संसदीय दलका पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पार्टीका कार्यकर्ता र आमजनताको भावनालाई प्रतिनिधित्व हुनेगरी विधानको मस्यौदा निर्माण हुँदै गरेको उनले जानकारी दिए।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको ११ सदस्यीय समितिले डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा र दिलेन्द्रप्रसाद वडु नेतृत्वको तीनवटा उपसमिति गठन गरेको थियो। उपसमितिका नेताहरूले आफूले तयार पारेको प्रारम्भिक मस्यौदा नेतृत्वलाई जानकारी गराएका थिए।

विधान परिमार्जन गर्न समितिले सात वटै प्रदेशमा एक दिन सु्झाव लिने निर्णय गरे पनि हालसम्म मिति र स्थान तोकेको छैन्। समितिले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कार्य समितिले अनुमोदन गरेपछि मात्र मंसिर पहिलो साता हुने महासमिति बैठकमा त्यसलाई अनुमोदन गर्नुपर्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।