आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो।
 |  मंगलबार, कात्तिक २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

दोधारा चाँदनी- सुदूरपश्चिम विश्वविद्यालयले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मंसिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए। 

triton college

विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। 

‘सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ’, जोशीले भने, ‘यस क्षेत्रका सम्भाव्यताबारे अध्ययन अनुसन्धान गरी प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो।’

विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उनको भनाइ छ। ‘सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ’, उनले भने, ‘अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरूलाई आमन्त्रण गरिएको छ।’

 ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताए। ‘सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ’, उनले भने। 

Metro Mart
vianet

आयोजक समितिका सदस्य सचिव एवम् सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पुर्‍याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्ने विश्वास व्यक्त गरे। विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी नौ वटै जिल्ला लोक कथा संकलनसमेत गरिरहेको छ।

प्रकाशित: Nov 08, 2022| 23:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।