शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त, प्रचण्डको चुनावी माहोल बिगारेको आरोप

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त, प्रचण्डको चुनावी माहोल बिगारेको आरोप

गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन्।

National life

गोरखा–२ का आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन्। आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए।

गोरखामा आचार्यले आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका थिए। यो कुरा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको बताइएको छ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा रहेका आचार्य ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (कं) बाट उम्मेदवारको आकांक्षी थिए। तर, नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए।

प्रकाशित: Nov 08, 2022| 14:05 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।