बिहीबार, फागुन २९, २०८१

रौतहट–४ (ख) मा जसपालाई एमालेको घात, घातमा रघुविर र रेग्मीको साथ

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र जसपाबीच गठबन्धन भए पनि एकअर्कालाई विश्‍वास नगर्ने अवस्था सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा नेकपा एमालेले जसपालाई घात गरेको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र जसपाबीच गठबन्धन भए पनि एकअर्कालाई विश्‍वास नगर्ने अवस्था सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा नेकपा एमालेले जसपालाई घात गरेको छ। 

health

सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका शेख अबुलकलाम (फूलबाबु), सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शेख सतार अहमद र नेपाल संघीय समाजवादीका लक्ष्मी साह उम्मेदवार छन्। त्यसैगरी स्वतन्त्रबाट रवि जयसवाल उम्मेदवार रहेका छन्। 

एमालेले जसपालाई रौतहट ४ (ख) मा घात गर्ने भएको स्थानीय कार्यकर्ताले बताएका छन्, जसलाई नेकपा एमालेका प्रदेश इन्चार्ज रघुविर महासेठ र रौतहट ४ का उम्मेदवार उद्धव रेग्‍मीको साथ रहेको छ। उनीहरुकै समर्थन र संरक्षणमा रौतहट ४ (ख) मा रवि जयसवालले स्वतन्त्र उम्मेदवारी दिएको बताइएको छ।

रवि जयसवाल गरुडा नगरपालिका प्रमुख कन्थमणि जयसवालका छोरा हुन्। उनी गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए। बाबुलाई जिताउनका लागि उनले ठूलो मिहिनेत गरेका थिए। 

अहिले बाबु कन्थमणी पनि स्वतन्त्र उम्मेदवारी दिएका छोरा रविलाई जिताउनका लागि सक्रिय छन्। उनी जितेको पार्टी नेकपा एमालेले जसपालाई समर्थन गरेको भए पनि पार्टीको निर्देशनविपरीत उनी जसपा उम्मेदवार फूलबाबुलाई हराउनका लागि अभियान चलाइरहेको बताइएको छ।

पार्टीको निर्देशन उल्लंघन गर्नेलाई कारबाही गरिने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए पनि मेयर कन्थमणिलाई भने मधेश प्रदेशका इन्चार्ज रघुविर महासेठ र रौतहट ४ का एमालेका प्रतिनिधिसभा उम्मेदवार उद्धव रेग्‍मीको समर्थन रहेको छ। एमालेका मधेश इन्चार्ज महासेठले बाबु एमालेबाट जितेको भए पनि छोरा एमालेको कार्यकर्ता नभएको भन्दै कन्थमणिको बचाउ गरेका छन्। त्यसैगरी रौतहट ४ का उम्मेदवार उद्धव रेग्मीले पनि स्वतन्त्र उठेका रवि आफ्नो पार्टीबाट नभएको भन्दै मेयरको बचाउ गरेका हुन्। 

उद्धवलाई जसपाको मत तान्‍ने र अर्कोतर्फ रविको तर्फको मत पनि तान्‍ने रणनीतिले रविको विरोध गर्न सकेका छैनन्। 

२०७४ को चुनावमा स्वतन्त्रबाट जितेका फूलबाबु यसपटक जसपाबाट उम्मेदवार बनेका छन्। उनको विरुद्ध नेकपा एमालेका कार्यकर्ताहरुले नै भोट नहाल्ने भन्दै भित्रि रुपमा अभियान नै चलाइरहेका छन्। 

रौतहट क्षेत्र नम्वर ४ (ख) का स्वतन्त्र उम्मेद्वार रवि जयसवालले आफ्नो जितको आधार नेकपा एमाले र मेयर कन्थमणि भएको बताएका छन्। उनले विगतमा बाबुलाई जिताउन लागिपरेकोले एमाले कार्यकर्ताहरुले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरेका छन्।

प्रकाशित: Nov 08, 2022| 13:03 मंगलबार, कात्तिक २२, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।