मंगलबार, असोज १, २०८१

विश्वप्रकाशको अनुहारमा देखिएको आत्मविश्वास

शर्मा यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, कात्तिक २२, २०७९

इटहरी– ‘मंसिर चार, संसद्मा विश्वप्रकाश।’ सुदूरपूर्व झापा क्षेत्र नम्बर १ को चुनावी नारा हो यो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संसद् प्रवेश गर्न तेस्रोपटक प्रयास गरिरहेका छन्। पहिलो पटक २०७० सालमा रविन कोइराला र दोस्रोपटक वाम गठबन्धनका राम कार्कीसँग पराजित भए उनी। तेस्रो पटक पुनः नयाँँ अनुहार एमालेका उम्मेदवार अग्निप्रसाद खरेलसँग उनको प्रतिस्पर्धा हुँदैछ। त्यसका अलावा केही स्वतन्त्र उम्मेदवारले पनि चुनाव केन्द्रित प्रचारप्रसार अगाडि बढाएका छन्। 

triton college

झापा–१ शर्माको लागी पुरानो क्षेत्र हो भने खरेलको लागि चुनाव लडेको पहिलो अनुभव। यसअघि निर्वाचित सांसदले कुनै पनि विकासको काम गर्न नसकेको आरोप स्थानीयले लगाउन थालेका छन्। मुख्यतः राम कार्की बाहिरबाट आएर विजयी भए पनि केही काम गर्न नसकेको स्थानीयको गुनासो छ। त्यही आरोपको कोपभाजनमा परेका छन् खरेल। 

शर्मा भने यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्। 

आइतबार बिहान डा. स्वर्णीम वाग्ले र डा. गोविन्दराज पोखरेल उपस्थित कार्यक्रममा समेत उनले पूरा समय दिएनन्। घरदैलो अभियानमा निस्केका उनी हरेक जनताको घरैमा पुगेर भोट माग्ने रणनीतिमा छन्। कोणसभा भन्दा पनि ढोगभेटलाई उनले प्राथमिकता दिएका छन्। सामाजिक सञ्जालको प्रचारलाई समेत उनले आक्रामक बनाएका छन्।  

जनतामाझ घरदैलोमा जाँदै गर्दा उनी झनै प्रफुलिल्त देखिन्छन्। नेकपा एमालेका उम्मेदवार खरेललाई आगन्तुकको आरोप लागेपछि उनी त्यसैलाई चिर्ने प्रयासमा छन्। भौगोलिक हिसाबले २ नम्बर क्षेत्रका खरेललाई १ नम्बरमा पर्यटक उम्मेदवारको रुपमा प्रचार गरेका छन् विपक्षीले। यसअघि राम कार्कीलाई विजयी गराएर कुनै विकास निर्माणको काम नभएको बताउँदै स्थानीय यसपटक शर्मालाई जिताउने पक्षमा देखिन्छन्। २०२४ सालमा आफू गौरादहमा आएर बसेको भन्दै खरेल प्रष्टीकरण दिइरहेका छन्। गौरादह नगरपालिका झापा क्षेत्र नम्बर ५ मा पर्छ।  

Metro Mart
vianet

शर्मालाई खास प्रतिस्पर्धी नमानेका खरेल एमालेको गढ भएका कारण पनि जित निश्चित जस्तै भएको बताउँछन्। पार्टी एक ढिक्का हुनु र राप्रपा समेतको साथ पाउनुले बाँकी उम्मेदवारहरु दोस्रो हुन प्रतिस्पर्धा गरिरहेको उनले बताए। जस्तो प्रतिक्रिया दिए पनि खरेल चुनावी अभियानमा अत्तालिएका छन्। घरदैलो र चुनावी सभामा उनको खटपटीले उनको विश्वसनीयतालाई प्रष्ट पारेको छ। आफ्नो भोटको सुरक्षा नै खरेलको लागि चुनौतीको विषय बनेको छ । 

शर्मालाई स्थानीय निर्वाचनदेखि कांग्रेस महाधिवेशनको प्रभाव पर्ने आकलन गरिएको छ। झापामा मूलतः वर्तमान महामन्त्री शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला प्यानल छ। स्थानीय तह निर्वाचनमा सिटौला निकट जिल्ला उपसभापति केशवराज पाण्डेको टिकट खोसेको आरोप शर्मामाथि छ। जसले शर्मालाई समस्या पर्ने आकलन गरिएको छ। तथापी पाण्डे आफैं चुनावी अभियानको कमाण्डर भएका छन्। शर्मालाई विजयी गराएमात्र कांग्रेस बलियो बन्ने भन्दै उनले विगतको तुष बिर्सन कार्यकर्तालाई आग्रह गरिरहेका छन्। पाण्डे स्थानीय स्तरमा प्रभावशाली नेताको रुपमा चिनिन्छन्।  

विगतमा कांग्रेस केन्द्रीय सदस्यको हिसाबमा मात्र चुनाव लडेका शर्मा यसपटक महामन्त्रीको रुपमा चुनावी मैदानमा छन्। ५ वर्षमा बढेको राजनीतिक कदले उनलाई फाइदा पुर्याउने देखिन्छ। दुईपटक पराजित भएका शर्मा न्याय माग्दै चुनावी मैदानमा छन्। 

काँकडभिट्टा बजारमा भेटिएका एक शिक्षकले राजनीतिको विषयमा चासो नभएको प्रतिक्रिया दिए। केही समयको संवादपछि भने उनले विश्वप्रकाशले यसपटक जित्न सक्ने आकलन गरे। तिनै शिक्षकको नजरमा विश्वप्रकाश इमान्दार नेता र भिजन भएको नेता हुन्। अब परिवर्तनको समय भएकाले विश्वप्रकाशले अवसर पाउने उनको विश्वास छ।  

धुलाबारी बजारका पसलेहरु पनि चुनावी सरगर्मीको विषयमा कुरा गरिरहेका थिए। प्रफुल्ल राजवंशी प्रफुल्लित हुँदै चुनावी जोडघटाउ गरिरहेका थिए। पहिले आगन्तुक उम्मेदवारलाई विजयी गराएर दुखः पाएको गुनासो गर्दै उनले अब स्थानीय नेतालाई जिताउनुपर्नेमाा जोड दिए। उनको कुरा सकिन नपाउँदै स्थानीय व्यापारी रघुनाथ पौडेलले पनि हो मा हो मिलाए। ‘धेरै नेता आए–गए तर अब आफ्नै आँगनको नेतालाई विजयी गराउनुपर्छ। एमालेबाट जितेका रविन कोइरालाले पनि मन्त्री पाएनन्। अब क्षमता भाको नेतालाई जिताउनुपर्छ। अहिले सबैले यसै भन्छन्,’ उनले भने। 

यसअघि राम कार्कीलाई माओवादी भएर पनि पढेलेखेको भनेर निर्वाचित गराएका जनता अहिले पछुताएको उनले बताए। विश्वप्रकाशले दुई पटक हारिसकेको स्मरण गर्दै उनले भने, ‘यो पटक पनि हार्यो भने हाम्रो इज्जत कहाँ रहन्छ? यो क्षेत्रको इज्जत बचाउन पनि जिताउनै पर्छ,’ उनले थपे। 

चिया पसलमा दुईजना वृद्ध चिया खान भेला भएका रहेछन्। पुरानो एमाले बताउने लोकबहादुर कार्कीले गाउँमा चुनाव एमालेको पक्षमा भएको दाबी गरे। ‘एमाले उम्मेदवारले जित्छ होला यसपटक। वृद्ध भत्ता दिएको पार्टी हो,’ उनले भने। लोकबहादुरको कुरा भुइँमा झर्न नपाउँदै छेवैका छत्रबहादुर कार्कीले प्रतिकार गरिहाले, ‘यसपटक हेर्दै जानु कांग्रेसले जित्छ। वृद्धभत्ता हामीले तिरेको राजस्वबाट आएको हो। अब लाटो हुनु हुँदैन। त्यो बीपी शर्मा भन्ने राम्रो मान्छे छ रे, त्यसैलाई दिनुपर्छ भोट।’

दुईजनाको कुरा सकिन नपाउँदै अर्का वृद्ध बा आइपुगे। छेवैमा घर भएका इजराइल अलीले छत्रबहादुरलाई साथ दिए। २००७ सालमा बीपी कोइराला जिन्दावाद भनेको उनले स्मरण गर्दै उनले एमालेको पालो सकिएको बताए। पाहुना उम्मेदवारलाई विजयी गराएर दुःखमात्र पाएको उनको भनाइ थियो। 

प्रकाशित: Nov 08, 2022| 12:43 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।