शनिबार, कात्तिक २९, २०८२

ला लिगामा रियलको पहिलो हार, चुक्यो शीर्ष स्थानमा उक्लिन

स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले यो सिजन पहिलो हार व्यहोरेको छ। रियल तुलनात्मक रपमा कमजोर मानिएको टिम रायो भ्यालेन्सिया ३-२ गोलअन्तरले पराजित भएको हो।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले यो सिजन पहिलो हार व्यहोरेको छ। रियल तुलनात्मक रपमा कमजोर मानिएको टिम रायो भ्यालेन्सिया ३-२ गोलअन्तरले पराजित भएको हो।

National life

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाको जितका लागि खेलको पाँचौँ मिनेटमा सान्टी कोमेस्नाले पहिलो गोल गरे। त्यसपछि अल्भारो गारसियाले ४४ मिनेटमा दोस्रो गोल गरे र ओसकार ट्रेजोले ६७औं मिनेटमा पेनाल्टीमार्फत टिमका लागी विजयी गोल गरे।

उता रियलमा लागी लुका मोड्रीचले ३७औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे। त्यसको केही समय नबित्दै रियलका डिफेन्डर एडर मिलिटाओले ४१औं मिनेटमा दोस्रो गोल गरे।

यो पराजयसंगै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। १३ खेल खेलेर ३२ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा रहेको छ। रियललाई पराजित गरेको रायो भ्यालेन्सिलाले १३ खेलमा २१ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ। १३ खेलमा ३४ अंक जोडेको बार्सिलोना तालिकाको शिर्ष स्थानमा रहेको छ।

प्रकाशित: Nov 08, 2022| 07:30 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।