शुक्रबार, साउन १, २०८३

पूर्वी नेपालमा भूकम्पको झट्का 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वी नेपालमा बुधबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ । 

भारतको आसामस्थित  बोनगाइ गाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको हो । नेपालको भूगर्भ विभागकाअनुसार ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएको क्षेत्र भारतको दिल्लीबाट एक हजार ७ सय २५ किमी टाढा पर्छ । 

बिहान १० बजेर ३८ मिनेटमा गएका भूकम्पका कारण घर, पोलहरू हल्लिएका थिए भने मानिसहरू डरले घरबाट बाहिर निस्किएका थिए । सुनसरी, मोरङ, झापा लगायतका ठाउँमा धक्का महसुस गरिएको थियो । पाँचथर र इलाममा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयबासीहरुले बताएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।